२०७९ असार १४
  • काठमाडौँ

छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै जलाए

एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ’दै ज’ला’एका छन् । छोरीले आफ्नो इच्छा वि’परित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्यु’दै ज’ला’एका हुन् ।

इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घ’ट’ना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै ज’लाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आ’गो ल’गाएर ह¥त्या गरेका हुन् ।

सो घ’ट’नाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घ’ट’नापछि उनले प्र’हरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घ’ट’नामा सं’ल’ग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई प’क्रा’उ गरेको छ ।

प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरु’द्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै ज’लाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घ’ट’ना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।

२०७८ कार्तिक २, मंगलवार १०:१७ 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार