२०७९ असार २०
  • काठमाडौँ

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

सरकारले साफ च्याम्पियनसिप २०२१ को उपविजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै नेपाली टिमका प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ उपलब्ध गराइने प्रवक्ता कार्कीले बताए।

नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको थियो।

शनिबार भएको साफको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेतामा सी,मित हुन परेको थियो।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो।

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बा,हि,रिएको थियो। त्यसबाहेक ८ संस्करणमा नेपालको चु,नौती समूह चरणमै समाप्त भएको थियो।

सेतोपाटी बाट

२०७८ कार्तिक १, सोमबार २२:०४ 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।