२०७९ असार १८
  • काठमाडौँ

सर्पले टोकेर थलिएका २५ वर्षका कृष्णको झारफुक र घरेलु औषधिले लियो ज्यान

ताप्लेजुङ, ३० असोज – ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृ’त्यु भएको छ ।

जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार राति घतानीलाई सर्पले ड’से’को थियो । सर्पले डसेपछि सुरुमा घरमै झार’फु’क र घरेलु औषधि गराएका उनलाई शनिबार

बिहान आफन्तले जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

२०७८ कार्तिक १, सोमबार ००:४३ 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।