२०७९ असार १५
  • काठमाडौँ

हिमचितुवाले उचाले जापानको हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिपको उपाधि

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन्।

विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बनेका छन्।

जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा घिमिरेले जापानका व्यवसायिक

किक बक्सर फुजीमुरालाई परास्त गरे। उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिड,न्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिम चितुवा’ नामले चिनिने अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएका छन्।

जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो। अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन्।

प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छ,नौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो।

अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य पाएका थिए।

उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए। सेतोपाटी बाट

२०७८ आश्विन ३१, आईतवार २०:५० 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार