२०७९ भाद्र १
  • काठमाडौँ

पोखरा घर भएका सन्जोग गुरुङ्गको अष्ट्रेलियामा निधन

केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचारार्थ एक नेपाली युवकको नि’धन भएको छ ।

४१ वर्षिय सन्जोग गुरुङ्गको उपचारका क्रममा लिभरपुल अस्पतालमा नि’धन भएको तमु समाज सिड्नीले जनाएको छ ।

सन्जोगलाई लागेको रो’गका बारेमा सार्वजनिक नगरिदिन परिवारले अनुरोध गरेको समाजका संस्थापक अध्यक्ष प्रेम गुरुङ्गले बताउनुभयो ।

सन्जोगलाई पेट सम्बन्धी रो’ग लागेको बुझिएको छ । सन् २००४ मा अष्ट्रेलिया आउनु भएका सन्जोगको स्थाई घर पोखरा हो ।

उहाँको एक श्रीमती र दुइ सन्तान हुनुहुन्छ । सिड्नीको नेपाली समाजमा सक्रिय सन्जोग असल व्यक्तित्वको धनी रहेको प्रेम गुरुङ्गले बताउनुभयो ।

समुदायका लागि सधै एक कदम अगाडी देखिने सन्जोगको अल्पआयुमै नि’धन भएको प्रति समाजले दुख व्यक्त गरेको छ ।

अक्टोबर १९ तारिख बिहान साढे १० बजे लि’पिङ्गटनमा सन्जोगको अन्तिम सं’स्कार गरिने तय भएको छ ।

२०७८ आश्विन ३१, आईतवार ०८:४९ 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।