
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दु’र्घटनामा परेर अहिलेसम्म २ जनाको मृ’त्यु भएको छ । उ’द्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उ’द्धार कर्ताहरुले बताएका छन् ।
दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दु’र्घटनामा परेको थियो । केही घा’इते हरुलाई सशस्त्र प्रहरीले उ’द्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उ’द्धारका लागि पठाएको छ । अहिले पनि उ’द्धार कार्य जारी रहेकोले थप जानकारी आउँन बाँकी रहेको छ ।
त्यस्तै, मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा
नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्क’र दिँ’दा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिएको थियो ।
बसको ठ’क्क’र मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
टाइम्सखबर बाट