२०७९ असार १४
  • काठमाडौँ

साफ विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने नेपाली फुटबल प्रशिक्षक अलमुताइरीको तयारी

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलताइमुरी दक्षिण एसियाली फुटबल साफ वि’रुद्ध अदालत जाने भएका छन् ।

साफले आफूलाई अ’न्यायपूर्ण व्यवहार गरेको भन्दै उनले अन्तर्राष्ट्रिय खेल अदालत, फिफा र एएफ पीमा निवेदन दिने चे’तावनी दिएका हुन् । समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई फाइनल खेलमा प्रति’बन्ध लगाएको छ ।

तर, उक्त नियम खेलाडीका हकमा मात्र लागू हुने भन्दै उनले आफू माथि ष’ड्यन्त्र गरिएको दाबी गरेका छन् । नेपाललाई उपाधिबाट ब’न्चित गर्ने मनशायका साथ यस्तो ष’ड्यन्त्र गरिएको उनको आरोप छ ।

अलताइमुरीले भारतीय प्रशिक्षकले रातोकार्ड पाएकाले ब्यालेन्स गर्न साफले आफूलाई पनि प्र’तिवन्ध लगाएको हुनसक्ने आशंका पनि गरेका छन् । माल्भ्सि विरु’द्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड पाएका थिए ।

साफको नियमावलीमा रातो कार्ड पाएका प्रशिक्षकले अर्को खेलमा उपस्थित हुन् नपाउने प्रष्ट व्यवस्था छ। तर, दुई खेलमा लगातार पहेंलो कार्ड पाउने खेलाडीको हकमा अर्को खेलमा प्र’तिबन्ध लागेपनि प्रशिक्षक र अफिसियलको हकमा भने त्यस्तो व्यवस्था छैन ।

नियमावली मिच्दै आफू माथि प्रतिवन्ध लगाएर साफले व्यक्तिगत रि’सइबी साँ’धेको अलताइमुरीको आरोप छ ।भारतका प्रशिक्षक फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागियस्तो ष’ड्यन्त्र गरिएको उनले आशंका गरे।

साफले आफूलाई रंगशालामा नै नआउन भनेको भन्दै उनले त्यसलाई हदैसम्मको अ’न्याय पूर्ण व्यवहार भनेका छन् । माल्दिभ्सको राजधानी मालेमा जारी १३ औँ संस्करणको साफ च्याम्पियन सिपको फाइनल खेल आज नेपाली समय अनुसार साँझ पौने ९ बजे शुरु हुँदैछ ।

पहिलो पटक फाइनलमा स्थान बनाएको नेपालले उपाधिका लागि भारतको सामना गर्दैछ । त्यस अघि आज आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रशिक्षक अलताइमुरीले नियम नै परिवर्तन गरेर साफले नेपाल र आफू माथि अ’न्याय गरेको आरोप लगाएका हुन् । स्रोत ताजाखबर

२०७८ आश्विन ३०, शनिबार १२:२८ 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार