२०७९ असार १४
  • काठमाडौँ

नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु को निधन

२९ असोज, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को नि’धन भएको छ । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।

लामो समयदेखि उच्च र’क्त’चा’प, म’धु’मे’ह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान नि’धन भएको नेकपा श्रोतले बताएको छ ।

जन’युद्ध का’लमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारी निर्वाह गरेका बिरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।

केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन् । विरजंगको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । अनलाइन खबर बाट

२०७८ आश्विन २९, शुक्रबार ०७:२९ 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार