
काठमाडौ : विश्व र’क्त’दा’न दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घ’ट’ना घटेको छ ।
र’क्त’दा’न कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको र’ग’त आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले र’क्त’दा’न गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् । प्रायजसो ठाउँमा र’क्त’दा’न गरेका मानिसहरुलाई जुस अथवा बिस्कुट दिने गरिन्छ ।
बिस्कुट खाने लोभमा र’क्त’दा’न गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रिसको झोकमा आफ्नै र’ग’त पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।
मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै र’ग’त दान गर्न आएको थिए।’
आफूलाई बिस्कुटको नाममा धोका दिइएको उनले बताए । भावुक हुँदै उनले भने, ‘र’ग’त त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठग्न सिकेको थिएन, कसैको लेखा राख्दिन, त्यसैले मैले आफ्नो र’ग’त पनि फिर्ता लिएँ।’