
काठमाडौं, असोज २७ – दुईवटा मोटरसाइकल आपसमा ठो’क्किँ’दा दुई युवकको मृ’त्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दु’र्घ’ट’ना’मा महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतोको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–४, पञ्चुधुरा मन्दिर जाने प्रवेशद्वार अगाडि ज १२ प २९६१ र प्र २-०१-००२ प-०५९७ नम्बरका मोटरसाइकल मंगलबार साँझ आपसमा ठो’क्कि’ए’का हुन्। तामाङ पहिलाे र महतो दाेस्राे मोटरसाइकलका चालक हुन्।
दु’र्घ’ट’ना’मा ज १२ प २९६१ नम्बरको मोटरसाइकलकाे पछाडि बसेका बर्दिवास-३, गौरीडाँडा निवासी सोनु सिंह गम्भीर घाइते भएका छन्। बर्दिबास र जनकपुरमा उपचार हुन नसकेपछि उनलाई न्युरो अस्पताल (काठमाडौं) लगिएको प्रहरीले जनाएको छ।
दु’र्घ’ट’ना’मा तीनै जना गम्भीर घाइते भएका थिए। तर तामाङ र महतोको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मंगलबार राति मृ’त्यु भएको हो।