२०७९ असार १५
  • काठमाडौँ

घान्द्रुक दु,र्घ,टनामा दुई छोरी गुमाएकी पार्वतीको यो रो,दन ‘जन्माउँदा मेरो कोख दु,खेन, आज भ,तभ,ती शरीर पोलिरहेछ’

सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्त र्गत पश्चिमा ञ्चल क्षेत्रीय अस्पतालको आकस्मि क कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइ न्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हा ल्दै बीचबीचमा डाँ,को छाड्दै थिए। आ,कस्मिक कक्षभित्र आठ जनाको श,व लस्क रै राखिएको थियो।

सोमबार दिउँसो घान्द्रुक जाँदै गरे,,को गाडी दु,र्घट,नामा ज्या,न गुमाउने हरूको पो,ष्टमा,र्टम गर्न स्वास्थ्य,,कर्मी व्यस्त थिए। दु,र्घट,नामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घट नामा उनीहरू दिदीबहिनी नै परे।

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउना साथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वती लाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबर ले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पताल को आकस्मिक कक्ष ,,अगाडि असह्य पीडा पोखि रहेकी थिइन्।

‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ,’ पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भतभती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’

पार्वती क्यान्सर रोगी छिन्। उनको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्।

पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनी हरू कपडाको व्यापार गर्छन्। व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।

‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्।

आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्। छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर…।’

सुजा र लिजासहित काठमाडौंबाट अरू चार जना सँगै आएका थिए। जसमध्ये १८ वर्षीय जिनलव घिसिङ र उनकी २० वर्षीया दिदी देविका घिसिङ पनि थिए। उनीहरू सँगसँगै आइतबार पोखरा आएका थिए।

यस्तै काठमाडौं – ३ गोंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भई गोंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चोधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए।

घान्द्रुक दु,र्घ,टनामा परेको गाडी यी दुवै समूहको भेट पोखरा बाट घान्द्रुक जाने बेला गाडीमा भए को थियो। उनी,हरूलाई कास्कीकै अन्नपूर्ण– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीले गाडीमा राखेर लगेका थिए।

उकालोमा रोकिएको गाडी पछाडितर्फ गुड्दा आफैं अनियन्त्रित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। दु,र्घ,टना मा परेर चालकसहित आठ जनाले ज्या,न गुमाए। दु,र्घट,नाबाट एक जना देविका घिसिङ बाँच्न सफल भइन्। उनको बाँया हात र नाकमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

देविका गाडीको पछाडि बसेकी थिइन्। गाडी गुल्टिँदै जाँदा उनी गाडीबाट बाहिर हुत्तिइन् र एउटा रुखमा पुगेर अड्किन्। यसरी आफ्नो ज्या,न जागिएको देविकाले बताएकी छन्। उ,,नीसँगै आएका भाइ जीनलव भने जोगिन सकेनन्।

सुजा र लिजाकी आमा पार्वतीको बिलौना रोकि एको छैन। उनलाई अस्पतालको आकस्मिक कक्ष बाहिर नै राखिएको छ। छोरीको उपचार भइरहेको भनेर आफन्तले थामेका छन्। बेला बखत जोडतोडले अस्पतालभित्र छिर्न खोज्छि न्। आफन्तले रोकेर राख्छन्। उनी बर्बराउन छाडेकी छैनन्।

पार्वतीले भनिरहिन्, ‘छोरी हो, काठमाडौं जाने हो। आऊ, म मेरो सास दिन्छु नि।’

२०७८ आश्विन २६, मंगलवार ००:३५ 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार