
मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेका सिटिजन ब्यांंकको शाखामा मंगलबार अपराह्न लु’ट’पा’ट भएको छ।
लु’ट’पा’टमा संलग्न रहेको आ’रोपमा पेस्तोल सहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीन जनामध्ये दुई जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, मोरङ प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
लु’टेरा समूहले सुरक्षागार्ड शितल कुँवरलाई गो’ली हानेर ब्यांकभित्र प्रवेश गरेको प्रहरीले जनाएको छ। घा’इ’ते सुरक्षागार्डको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
साप्ताहिक हाट लागेकाले भिडभाड रहेको कर्सिया बजारको ब्यांकमा पाँच जनाको ह’ति’या’र’धा’री समुह प्रवेश गरेको थियो। लु’टेर’ भारततर्फ भाग्दै गर्दा धनपालथान–२ स्थित खयरवनाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
“नेपाली नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर सीमा क्षेत्रतर्फ लाग्दै थिए, बाटोमै रोकेर पक्राउ गर्न सक्यौं,” एक प्रहरी अधिकृतले भने।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******