
२५ असोज -आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घ`ट`नामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृ`त्यु भएको छ ।
गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृ`त्यु भएपछि अहिले गाउँ नै शो`कमा डु`बेको छ ।
जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृ`त्यु भएको हो ।
गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ज्या`न गु`मा`उनेमध्ये तीनै जना एउटै वडाका हुन् भने दुई जना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभयो । “वालिङबाट गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै क`च्ची सडकबाट झण्डै ५० मिटर तल ख`सेर दु`र्घ`टना भएको छ”,
वडा अध्यक्ष पङ्गेनीले भन्नुभयो, “जिपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृ`त्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।” दसैँको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गु`मा`उनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा
बस्नुपर्दा अहिले गाउँमा निक्कै पी`डा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताउनुभयो । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप क`च्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो ।
उक्त जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । ताजा खबर बाट