
काठमाडौ : बैंक अफ काठमाण्डूले गर्यो नयाँ ब्याजदर सार्वजनिक
बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आइतबार बैंक नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सावैजनिक गरेको अधिकांश ब्याजदर यथावथ नै राखेको छ ।
बैंकले संचालनमा ल्याएको बचत खातामा न्यूनतम २ देखि ३.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । यो दर पुरानै यथावत गरिएको छ । त्यस्तै, मद्दति निक्षेपमा ४.५० देखि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकको बेसरेट ७.६७ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १२.६७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।त्यस्तै, फिक्स ब्याजदरका कर्जाहरुमा न्यूनतम ९.९९देखि १२.९८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
२०७८ आश्विन २४, आईतवार १०:०९
0 Minutes
168 Views