२०७९ श्रावण २६
  • काठमाडौँ

न्याय माग्न नेपालगन्जबाट हिँडेर काठमाडौं आइपुग्नेको खु्ट्टामा फोकैफोका

बाँकेको नेपालगन्जबाट न्याय माग्दै हिँडेर काठमाडौं आइपुगेकाहरूको खुट्टैखुट्टामा फोका उठेको छ । महिला हिं,’साविरुद्ध र न्यायका लागि नेपालगन्जबाट पैदलयात्रा गरेर काठमाडौंसम्म आइपुगेका महिला अधिकार मञ्चका पदाधिकारीसहित १४ जनाको खुट्टामा फोकैफोका उठेको छ ।

महिलाको ह,’त्या, अ,’पहरण, शरीर ब,’न्धक र क,’र्तव्य ज्यान गरी मार्नेहरू हो,’सियार, मौन बस्ने सरकार खबरदार’ भन्दै उनीहरू नेपालगन्जबाट काठमाडौं पैदल यात्रा गरेका हुन् । नन्कुन्नी धोबी र नि,’र्मला कु,’र्मी ह,’त्याका सबै दो,’षीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरू अहिले माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

२० दिनको पैदल यात्राले गर्दा गोडामा परेको फोका ।‘हामी त जसोतसो हिँडेका छौं तर बहिनीहरूलाई धेरै गाह्रो भएको छ’ न्यायको लागि लडिरहेकी स्थानीय सकिना तेलीले भनिन्, ‘खानेबस्ने ठाउँको टुंगो नहुँदा स्वास्थ्य बिग्रिएको छ । उपचार गर्न जाउँ भने चिनेजानेको छैन ।’ समूहबाट छुट्टिँदा गाह्रो हुने भएकाले सबैजना सँगै बसिरहेको सकिना बताउँछिन् ।

यो टोली नेपालगञ्जदेखि जिउज्यानको जो’खि’म उठाउँदै काठमाडौं आउनुको पूर्वकथा निकै पी’डा’दायी छ । घरेलु’ हिं’ सा’पी’डित महिला नकुन्नी धोबीको ह’ त्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई का’रबाही’को माग गर्दै उनीहरू काठमाडौंसम्म आएका हुन् । गत साउन ५ गते नकुन्नीको घरमै ह’त्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन् ।

दुवै घटनाको जाहेरी दिएपनि प्रहरी, जिल्ला प्रशासन कार्यालय र सरकारी वकिल कार्यालयले नलिएको पीडितहरू बताउँछन् । १९ दिनसम्म जिल्ला प्रशासन कार्यालयको गेटबाहिर ध’र्ना बसे पनि जाहेरी लिइएन ।

त्यसपछि उनीहरु काठमाडौं आएका हुन् । ‘गाउँको सरकारले नसुनेकाले काठमाडौं आएका हौं । यहाँ पनि हाम्रो कुरा सुन्न कोही मानिरहेको छैन’, माइतीघरको धुलाम्मे भुइँमा सुतिरहेकीले विष्टा धोबीले बताइन् ।

साउनदेखि न्यायको लडाइँमा होमिएका उनीहरूको पीडा शब्दमा उतार्न गाह्रो छ । राजमार्ग छेउछाउमा खाना र पानीको राहत मिलेपनि काठमाडौंमा उनीहरूले पानी पाउनसमेत गाह्रो छ । सबैका जुत्ता–चप्पल फाटेर लगाउन नमिल्ने भइसकेको छ । यही अवस्थालाई ख्याल राखी बहृत् नागरिक आन्दोलन तथा अधिकारकर्मीहरूले उनीहरूलाई माइतिघरमा पाल टाँगेर बस्न सहज हुने व्यवस्था गरिरहेको छ ।

उनीहरूको न्यायका लागि एक्येबद्धता जनाउँदै शुक्रबार अभियन्ताहरू माइतीघर पुगेर प्रदर्शनसमेत गरे । अभियन्ता तथा सञ्चारकर्मीसँग कुरा गर्दा निकै भक्का’निएका पी’डितह’रू काठमाडौंले न्या’य दिने आशमा छन् ।

२०७८ आश्विन २४, आईतवार ०१:१७ 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।