२०७९ असार २०
  • काठमाडौँ

चुरा बहादुर खत्री जसले आफनै खर्चमा तम्घास बजारको सडक मर्मत गरिदिए

२१ असोज, गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले आफनै लगानीमा कालोपत्रे सडक मर्मत गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घासको बजारक्षेत्रमा पक्की सडक जीर्ण बन्दै गएको थियो ।

सडक जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढ्दै गएपछि शाईन कन्ट्रक्सन काठमाडौंका निर्माण व्यवसायी चुरा बहादुर खत्रीले आफनै लगानीमा मर्म’त गरिदिएका हुन् । तम्घास बजारको पुतली बजारमा भत्कीएको कालोपत्रे सडकलाई मर्मत गरेका हुन् ।

बजार क्षेत्रमा आउजाउ गर्नेहरुलाई सडक भत्कीएर खाल्डाखुल्डीका कारण दु’र्घटना बढेकाले आफुले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए । बजार क्षेत्रको व्यस्त र घुम्ती रहेको स्थानमा सडक जीर्ण भएपछि मर्म’त गरेको निर्माण व्यवसायी खत्रीको भनाई छ ।

सदरमुकाम भित्रकै जीर्ण सडकको अबस्थाले बजारको सौन्र्दयता समेत हराउदै गएको स्थानीयको गुनासो रहेको छ । तम्घास बजारक्षेत्र भित्र मर्मत गर्न बजेटको व्यवस्था भएपनि निर्माण व्यवसायीले काम नगरिदिँदा अहिले बजार क्षेत्र भित्र सडक भ’त्की’एर जो’खिम बढ्दै गएको छ ।

२०७८ आश्विन २३, शनिबार ०४:३१ 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।