२०७९ असार १८
  • काठमाडौँ

ट्रकले स्कुटरलाई ठ’क्क’र दिँदा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दु’र्घटनामा परेर गए राति दुई जनाको मृ’त्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठ’क्क’र दिँदा दुवै जना ग’म्भीर घा’इते भएका थि¥ए।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृ’त्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको निय’न्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

२०७८ आश्विन २३, शनिबार ०२:३० 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।