२०७९ असार १५
  • काठमाडौँ

स्वास्थ्य मन्त्री बन्न लागेकी रामकुमारीको मन्त्रालय खोसियो, मन्त्रीको अन्तिम नामावली यस्तो छ

काठमाडौ । नयाँ पार्टी दर्ता गरेको केही महिनामै माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकिकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ ।

माधव कुमार नेपालले आफ्नो पार्टीका तर्फवाट सरकारमा सहभागी हुने नेताको नाम प्रधानमन्त्री शेरवहादुर देउवालाई पठाएका छन् । यस अघि पठाएका नामहरुमा जिम्मेवारी हेरफेरसहित नेकपा एसका मन्त्रीको नाम बालुवाटार पठाइएको छ ।

नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ ।

त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

२०७८ आश्विन २२, शुक्रबार १०:३४ 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार