२०७९ असार १५
  • काठमाडौँ

मलेसियामा विषाक्त मदिराको कारण फेरि नेपालीको निधन, मदिराको जालो यस्तो ड’रलाग्दो ?

क्वालालम्पुर : सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी “टप ग्लोब”मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ ।

विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर सजल चन्द्र शीलरहेका छन् । सेप्टेम्बर १८मा ती मजदुरलाई शाह आलम अस्पतालमा भर्ना गरिएको थियोे भने उनको १० दिनपछि सेप्टेम्बर २८मा निधन भएको आप्रवासी कामदार र श्रम अधिकार कार्यकर्ता एन्डी हलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

एन्डी हलका अनुसार, उक्त विषाक्तता मेथानोल मिसावट मदिरा सेवनपछि अस्पताल भर्ना भएका ती श्रमिकको शरिरका बहु अंगहरुले विस्तारै काम गर्न छोडेपछि निधन भएको हो । मलेसियाबाट प्रकाशित मलेसियाकिनीले घटना बारे रिपोर्ट प्रकाशन गरेपछि यस सम्बन्धमा मलेसियाको व्यावसायिक सुरक्षा र स्वास्थ्य विभागले अनुसन्धान थालेको फोकसएममा उल्लेख छ ।

घटनापछि उक्त कम्पनीले मेथानोल विषाक्तताको जोखिम बारे जागरूकता बढाउन सकारात्मक अभियानहरुसहित कार्यक्रम थालेको बताएको छ । साथै दुईदिन अघिमात्रै उक्त कम्पनीमा चितवन घर भएका पुष्प तामाङको पनि निधन भएको थियो । उनको निधनको कारण बारे अझैसम्म केेही खुलेको छैन

विषाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन

मलेसियाको विभिन्न सात राज्यहरुमा विषाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक विषाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको थियोे

मलेसियाको स्वास्थ्य मन्त्रालय अन्तर्गतको रोग नियन्त्रण डिभिजनले गएको १ सेप्टेम्बर देखि अन्तिमसम्मको समयावधिमा मात्रै मेथानोल विषाक्तताको कारण ५५ जनामा समस्या देखिएको सूचना प्राप्त भएको मन्त्रालयका स्वास्थ्य महानिदेशक डाक्टर तान श्री नूर हिशम अब्दुल्लाहले जानकारी दिएका थिए ।

त्यस्तै बक्तव्यमा भनिएको छ “उक्त विषाक्त मेथानोलको कारण सेलांगर राज्यमा २५ जना, पेराक राज्यमा १३ जना, पहांग राज्यमा ५ जना, पेनांग राज्यमा ६ जना, क्वालालम्पुर क्षेत्रमा ४ जना र जोहोरबारु र नेगेरी सेम्बिलान राज्यमा एकएक जनामा उक्त विषाक्त मदिराले असर गरेको छ ।

साथै, उक्त विषाक्त मदिराका कारण स्वास्थ्य समस्यामा परेका ५५ जना मध्ये २६ जना मलेसिया नागरिकहरु थिए भने बाँकी २९ विदेशी नागरिक रहेको बताएको छ । जसमा कूल ३३ जनाको मृत्यु भएको बताएको छ ।

निधन हुने ३३ जनामध्ये १८ मलेसिया नागरिकहरु र १५ विदेशीहरु नागरिकहरु रहेका छन् । ज्यान गुमाउने १५ विदेशीहरुमा म्यानमारका ७ नागरिक, भारतीय ५ नागरिक र नेपाली नागरिक ३ जना रहेको जारी प्रेस बक्तव्यमा उल्लेख छ ।

२०७८ आश्विन २२, शुक्रबार ०८:०७ 0 Minutes 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार