२०७९ असार १४
  • काठमाडौँ

घर छेउकै अस्पतालमा टिकट काट्ने २० रुपैयाँ नहुँदा रामप्रसाद’को दु’खत नि’धन

कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शाै’च गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो दिसा भयाे ।

दैनिक ज्या’ला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्य’मा झन थ’प स’मस्या आउन सुरु भयाे । पातलो दिसासँगै बा’न्ता पनि भयाे । झा’डा बान्ता’का कारण केवटले उपचार न’पाइ ज्या’न गु’माए ।

केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन ।२० रुपैयाँमा इमरजेन्सी टिकट का’टे’र उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट का’ट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । रात ११ बजे उनले घर’मै प्रा’ण गु’माए ।

‘अस्पतालमा लाग्ने टिकट का’ट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दा’ह सं’स्का’र गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दु:खना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन ।

४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झा’डापखा’लाको कारणले आ’फ्नो प’ति गु’माउँछु भन्ने लागेको थिएन । टिकट का’ट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’

अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसाद’को मृ’त्यु भए’पछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आर्थिक अ’वस्था अति न्यून भएको कारणले उनका छाे’राछाेरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् ।माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा म’रे ।

२०७८ आश्विन २१, बिहीबार ०५:३६ 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार