२०७९ असार २०
  • काठमाडौँ

एमसीसीको ३८४ रोपनी जग्गा विप्लव नेतृत्व नेकपाले गर्यो कब्जा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ ।

नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरिएको नेकपाले जनाएको छ ।

नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडी विज्ञप्ति टाँगेर कब्जा गरेको हो । पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको छ ।

स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाडेर र विज्ञप्ती टाँगेर कब्जा गरिएको जानकारी दिदै विरोध प्रदर्शनसहित कोणसभा गरेको छ ।

कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ ।

जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलालहरूलाई त्यही धर्तीमा गाड्ने चेतावनी समेत दिएको छ । उक्त विरोधसभा तथा जग्गा कब्जा कार्यक्रममा स्थानीय बासिन्दा र नेकपाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । दैनिकी न्युज नेपाल बाट

२०७८ आश्विन २०, बुधबार १२:२७ 0 Minutes 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।