२०७९ असार १४
  • काठमाडौँ

टीकटक सुन्दरीको खतरनाक धन्दा, यसरी खुल्यो पोल

काठमाडौं, असोज २० । काभ्रेको बनेपा निवासी १९ वर्षीया युवती उर्मिला उर्फ युनिसा मगर र काभ्रेकै नमोबुद्ध निवासी २६ बर्षीया युवती सुनिता उर्फ रोशनी तामाङ आफूलाई टिकटक सुन्रीका रुपमा परिचय दिन्छन ।

उनीहरु दुवै टिकटक बनाइरहन्छन । टिकटक बनाउने क्रममा उनीहरुको धन्दा भने अचम्मको रहेको पाइएको छ । प्रहरीले सोमवार बालाजुबाट पक्राउ गरेपछि यी दुई युवतीको खतरनाक धन्दा बाहिर आएको छ ।

उनीहरुले टेलिफोन सम्पर्क गरी एक पुरुषलाई साथीको जन्मदिन मनाउने बहानामा काठमाडौंको एअरपोर्टबाट चापागाउँ पुर्याएर टिकटक बनाउने बहानामा चार तोलाको सुनको सिक्री लगेपछि खोजीको क्रममा प्रहरीले सोमवार पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार युनिसा मगर र सुनिता तामाङले ती पुरुषलाई फोन गरेर बोलाएका थिए । टिकटकको पभिडियो देखाएर बोलाएका उनीहरुको आग्रहमा युनिसा,

सुनिता र ती पुरुषबीच पहिलो पटक काठमाडौंको एअरपोर्टमा भेट भयो । त्यहीबाटसाथीको जन्मदिन मनाउन भन्दै तीनै जना ट्याक्सी चढेर ललितपुरको चापागाउँ पुगे । चापागाउँ पुगेपछि खाजा कटेजमा उनीहरु खानपिनलाई बसे ।

खानपिनकै क्रममा त्यहाँ युनिसाले टिकटक बनाउने योजना सुनाइन । आफूलाई फसाउने उनको योजनाबारे ती पुरुषलाई पत्तै भएन । उनी राजी भए । टिकटक बनाउन युनिसाले ती पुरुषसँग गलाको सिक्री मागिन् ।

ती पुरुषको गलामा करिब चार तोलाको सिक्री थियो । सिक्री दिएपछि उनीहरु मोक्तान होटल पुगेर कोठामा गए । केहीबेर बसेलगत्तै ती पुरुषलाई फसाउन साथी सुनितालाई छाडेर बहाना बनार्ई युनिषा बाहिर निस्किइन । बाहिर निस्केको बहानामा उनले कोठाभित्र दुई जना मात्रै रहेकोले चुकुल लगाइ दिइन ।

ती पुरुषको गलामा करिब चार तोलाको सिक्री थियो । सिक्री दिएपछि उनीहरु मोक्तान होटल पुगेर कोठामा गए । केहीबेर बसेलगत्तै ती पुरुषलाई फ’साउन साथी सुनितालाई छाडेर बहाना बनार्ई युनिषा बाहिर निस्किइन । बाहिर निस्केको बहानामा उनले कोठाभित्र दुई जना मात्रै रहेकोले चुकुल लगाइ दिइन ।

पी’डित पुरुषले आफूमाथि ग’म्भीर अ’प’रा’ध गरेको महसुस गरी घटनाबारे प्रहरीलाई जानकारी दिए । खोजीको क्रममा ती दुई टिकटक सुन्दरीलाई प्रहरीले सोमबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर जाउलाखेलमा हिरासतमा राखिएको छ । उनीहरुले यसरी अरुलाई पनि ठ’गे’को हुनसक्ने आशंकामा प्रहरीले थप अनु’सन्धान अघि बढाइएको बताएको छ ।

२०७८ आश्विन २०, बुधबार ०८:३७ 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार