
आफ्नै छिमेकीको ह`त्याको आ`रो`पमा प्रहरीले एक जनालाई प`क्रा`उ गरेको छ । वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर ह`त्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई प`क्रा`उ गरिएको
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए । गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञा`त समूहले ह`त्या गरेर रुखमा झु`ण्ड्याइको थियो ।घ`टनाको अनुसन्धानको क्रममा
चन्द्रपुर ३ गैंडाटार घरभई हाल वडा ४ कप्तान बस्ने ३८ वर्षिय बोलखेलाई प`क्रा`उ गर्न सफल भएको डिएसपी लामिछानेले बताए । बोलखेले चन्द्रपुर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली पिपलमाडी गाविस ९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका ३ सृजनाटोल बस्ने
२४ वर्षिय रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको ह`त्या गर्न लगाएको प्रहरीले जनाएको छ । गत असोज ११ गते ३ प्रहरीले जनालाई प`क्रा`उ गरेर सार्वजनिक गरिसकेको छ भने सो समय बोलखे फ`रार रहेका थिए ।
डिएसपी लिलाराज लामिछानेका अनुसार बोलखेलाई गत १७ गते आइतबार काठमाडौँको दर`बारमार्ग क्षेत्रबाट प`क्रा`उ गरिएको थियो । जिल्ला अदा`लत गौर बाट ६ दिनको म्याद थमाई बोलखेलाई हि`रासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रातोपाटी बाट