२०७९ भाद्र १
  • काठमाडौँ

मलेसियामा मेथानोल नामक बिष मिसाइएको रक्सी सेवनबाट नेपालीसंगै ३३ जना मानिसको मृत्यु।

क्वालालम्पुर / मलेसियामा मेथानोल नामक बिष मिसाइएको मदिरा (रक्सी) सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृ’त्यु भएको छ।

पछिल्लो महिना मेथानोल नामक बि’ष मि’सा’इए’को रक्सी से’वन बाट ५५ जना मानिसहरु बिरामी परेर अस्पताल भर्ना भएका थिए , जसमध्ये ३३ जना मानिसहरुको सेप्टेम्बर ९ तारिखदेखि ३० तारिखभित्रमा मृत्यु भएको मलेसिया सरकारको स्वास्थ मन्त्रालयको महानिर्देशक तान श्रि डा.नुर हिशाम अब्दुल्लाहले बताउनुभएको हो।

बिषाक्त मदिरा (रक्सी) सेवनबाट मृत्यु हुनेहरूमा १८ जना मलेसियन नागरिक र १५ जना विदेशी नागरिकहरु रहेको बताउनुभयो । विदेशी नागरिकहरुमा म्यानमार , भारत र नेपालको रहेको बताउनुभएको हो।

तान श्रि डा.नुर हिशामले भने कि , मेथानोल नामक बीस मिसाइएको रक्सी सेवन गरिसकेपछि पेट दुख्ने, वाकवाकी लाग्ने , उल्टि हुने , टाउको दुख्ने र रक्सी सेवन गरेको पाँच दिन भित्र धमिलो दृष्टि (आँखा अन्धो ) भएजस्तो हुने लक्षण देखिने बताउनुभयो।

यता मलेसिया स्थित नेपाली दूतावासका अनुसार मेथानोल बिष मिसाइएको रक्सी सेवनले नेपाली श्रमिकहरुले ज्यान गुमाउनुको साथै आँखा को ज्योति समेत गुमाएको बताउनुभएको छ।

मलेसियामा कार्यरत रहनुभएका नेपाली श्रमिकहरुले त्यस्तो मेथानोल जस्तो बि’षा’क्त प’दार्थ मिसाइएको रक्सी सेवन नगर्नुहुन र आफ्नो ज्यान जोगाउनुहुन दूतावासले सम्पुर्णमा अनुरोध गर्नुभएको छ। एजेन्सी साभार : मलाया खबर

२०७८ आश्विन १८, सोमबार ०९:१४ 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।