२०७९ श्रावण २६
  • काठमाडौँ

महिला ह’त्या प्रकरण मा : डोजर चालक सहित ३ जना प्रकाउ

सल्यान : सल्यानकाे बागचाैरमा मृत अवस्थामा एक महिला फेला परेपछि प्रहरीले शं’कास्पद ३ जनालाइ पक्राउ गरेकाे छ ।

बागचौर नगरपालिका वडा नम्बर २ गैरी निवासी ५४ बर्षिय रामकली खत्रीको शंका’स्पद अवस्थामा शव फेला परेपछि आइतबार प्रहरीले शंका’स्पद तीनजनालाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा डाेजर चालक, सहचालक र अर्का एकजना रहेका छन् । घ’टना अनु’सन्धानमै रहेकाेले पक्राउ पर्नेकाे नाम भने प्रहरीले खुलाएकाे छैन् ।

मृतककाे शरिर हेर्दा कुनै व्यक्तिले नभएर सवारी साधनले कि’चे’काे जस्ताे देखिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताए । उनकाे टाउकाे र’क्ताम्मे भएर फु’टेकाे छ भने एउटा हात र खुट्टा कि’चि’ए’काे छ ।

शनिबार साँझ साढे ५ बजे तिर घरबाट माइतीघर गएकी खत्री घर देखि झन्डै २ किमि टाढा ठाँटिचाैरमा मृ’त फेला परेकी थिइन् ।

साे समयमा उनि माइत जाने बाटाेबाट सडकम मर्मत गर्न गएकाे डाेजर फर्किएकाे थियाे । साेहि डाेजरले किचेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । मृ’त महिलाकाे शवलाइ उनले ओडेकाे सलले छाेपेर राखेकाेले घ’टना झन शंका’स्पद भएकाे प्रहरीकाे भनाइ छ ।

घ’टनाकाे अनु’सन्धानका लागि आइतबार दिउँसाे नेपालगन्जबाट तालीमप्राप्त कुकुर ल्याइएकाे थियाे । कुकुर घ’टना स्थलबाट सुँघेर महिलाकाे घरसम्म मात्रै पुगेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । लेकाली अन्लाईन बाट

२०७८ आश्विन १८, सोमबार ०७:४४ 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।