२०७९ भाद्र १
  • काठमाडौँ

जब : उनलाइ फ़ोहोर को थुप्रो बाट उठाएर ल्याएका थिए !

काठमाडौ : बलिउड निकै ठूलाे उधाेग हाे । यहाँका कलाकारहरू धेरै नै दयावान पनि छन् । जसमध्य एक हुन् मिथुन चक्रवर्ती ।

मिथुन चक्रवर्ती कुशल नृत्य र अभिनयबाट बलिउडमा प्रवेश गरेदेखि आमदर्शकको मन जित्न सफल रहे ।

फिल्म क्षेत्रका ‘हिरो’ मिथुन वास्तविक जीवनका ‘सुपरहिरो’ हुन् । उनका तीन छोरा छन्- महाअक्षय, नमाशी, उष्मे, र छोरी दिशानी चक्रवर्ती । मिथुनका जेठा छोराबारे धेरैलाई थाहा छ । उनी अनुपमा फिल्मकी ‘अभिनेत्री’ मदालाषा शर्माका श्रीमान् हुन् ।

तर मिथुनले एडप्ट गरेको छोरी दिशानीबारे धेरै कम जानकारी बाहिर आएको छ । डिएनएका अनुसार मिथुनले दिशानीलाई गोद लिएका हुन् । सानो उमेरमा उनलाई कसैले फोहोरको थुप्रोमा छोडेको थियो। यसबारे मिथुनले बंगाली पत्रिकाको समाचार पढेर थाहा पाएका थि¥ए ।

केही मानिसले फोहोरको थुप्रोबीच बच्चा देखेपछि बाहिर निकाले जसमध्ये एक जनाले त्यो बच्चा घर लिएर गए। जब मिथुनले यो खबर पढे उनले त्यो बच्चा लिएर जाने मानिसलाई खोजेर बच्चा गोद लिने अनुरोध गरे ।

मिथुन चक्रवर्ती र उनकी दोस्रो पत्नी योगिता बाली दुबैले कानुनी प्रक्रिया पूरा गरेर त्यो बच्चा घर ल्याएको डिएनएले छापेको छ । मिथुन र दिशानी एकअर्काका प्रिय हुन्। दिशानीले मिथुनलाई आफ्नो प्रेरणाको ठूलो स्रोत मान्दै प्रिय बुबा भनेर सार्वजनिक रुपमा लेख्दै आएकी छन्।

हाल दिशानी अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबाट एक्टिङ कोर्स गर्दैछिन्। उनले २०१७ मा सर्ट फिल्म ‘होली स्मोक’ बाट डेब्यु गरेकी हुन् जुन उनका दाजु उष्मेले निर्देशन गरेका हुन् । उनी ‘अन्डरपास’ र ‘सब्टल एसियन डेटिङ विथ पिबिएम’ जस्ता सर्ट फिल्ममा पनि देखिएकी छन् ।

२०७८ आश्विन १७, आईतवार १३:४३ 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।