२०७९ श्रावण ३१
  • काठमाडौँ

सल्लाघारीमा भारतीय गाडीको ठ’क्करले मोटरसाइकल चालकको मृ’त्यु

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारी चोकमा भारतीय आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नंको मोटरसाइकललाई ठ’क्कर दिँदा आज मोटरसाइकल चालकको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत दीपक गिरीले जानकारी दिए।

दु’र्घटनामा मोटरसाइकलमा पछाडि सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटार बस्ने २८ वर्षीय अमृत सिलवालको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको उनले जानकारी दिए।

नगरकोट व्या’सी सडक हुँदै सल्लाघारी चो’कबाट थिमितर्फ जान लागेको मोटरसाइकललाई सूर्यविनायकबाट राधेराधेतर्फ तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको १८ चक्के टेलर गाडीले ठ’क्कर दिँदा मोटरसाइकल चालकको मृ’त्यु भएको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा तीव्र गति र पानी परिरहेका कारण बाटो चि’प्लो भएर दु’र्घ`टना भएको प्रारम्भिक जानकारीमा आएको बताउँदै उनले दु’र्घट`नामा परेको मोटरसाइकल,टे’लर र चालक भारत राजस्थान प्रदेश अ’लबर जिल्लाका ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए। खबर पत्रीका बाट

२०७८ आश्विन १७, आईतवार ०३:१८ 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।