
काठमाडौं, असोज १६ – बालिकालाई फकाईफुलाई भारततर्फ बिक्री गर्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।
प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पु¥याएको आरोप उनीमाथि लागेको छ ।
यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा कानुनी फन्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् ।
जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रुद्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मु’द्धा चलाएको हो ।
भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनु’सन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
यद्यपी, यस्ता घटनामा युवकलाई मानव बेचबिखन, अपहरण, जबर्जस्ती क’र’णी जस्ता मु’द्धामा युवतीका परिवारले मुद्धा चलाई रि’स फेर्ने गरेको उदाहरण देखिन्छ । आफूहरुको सहमति विना छोरीचेली भगाएपछि युवक पक्षलाई यसरी नै कानुनी दायरामा ल्याउने गरेको पाइन्छ ।