२०७९ श्रावण ३१
  • काठमाडौँ

भगवान को लिला : घर फर्किदै गरेका उनिहरुः सडकघारीकाे पानी खाएर छेउकाे रुखमुनी छहारीमा बसिरहेका थिए !

सल्यान : शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।

सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे ।

स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।

याे बेला बिहानकाे करिब १० बजेकाे थियाे ।  सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।

यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ ।

तिव्र गतिमा आएकाे स्कार्पियाेले ठ’क्क’र दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।

दु’र्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।

पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ ।

यतिखेर बरला गाउँ शाे’कमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ । स्रोत लेकाली अनलाइन बाट

२०७८ आश्विन १५, शुक्रबार १५:५७ 1 Minute 5419 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।