२०७९ श्रावण ३१
  • काठमाडौँ

स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकी एलिजा भन्छिन्- छोराछोरीलाई अष्ट्रेलिया नपठाउनुस्, नेपालमै व्यापार गर्न प्रोत्साहन गर्नुस्

अस्ट्रेलियाः नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकी ललितपुरकी एलिजा सत्यालले आफ्ना छोराछोरीलाई अष्ट्रेलिया नपठाउन नेपालमै बिजनेस गर्न लागौँ भन्ने सुझाव दिन्छिन् । अस्ट्रेलियाको ब्रिसबेनमा बसोबास गरिरहेकी एलिजा भन्छिन् – म अष्ट्रेलिया आएको दुई वर्ष भयो ।

म ब्याचलर सकेपछि डिपेनडेन्ट भिसामा अष्ट्रेलिया आएकी हूँ। यहाँ अहिले ब्युटिसियनको काम गर्दैछु। मलाई साथीहरुसंग गेट टुगेदर गर्न रमाइलो लाग्छ। यहाँ आएपछि हरेक कामलाई सम्मान गर्न सिकिँदो रहेछ। श्रीमान यतै हुनुभएकोले काम खोज्न गाह्रो भएन।

यो ठाउँमा आएपछि जो व्यक्ति पनि आत्मनिर्भर बन्छ। अष्ट्रेलियामा बस्दा एक्लो भइन्छ। आफ्नो मान्छे कोही हुँदैन। चाहेको समयमा आफ्नो परिवार भेट्न नेपाल जान पाइंदैन। अष्ट्रेलियाको नेपाली समुदाय एकदमै ठीक लाग्यो। एकदमै सहयोगी हुनुहुन्छ ।लक डाउनको समयमा पनि सहयोग गर्नुभयो।

अष्ट्रेलियामा रहँदा घरपरिवारको एकदमै धेरै याद आउँछ। यता आएपछिको पहिलो वर्षमा आमाको मुख हेर्ने दिनमा आमालाई सम्झेर एकदमै धेरै रोएकी थिएँ। अष्ट्रेलियाको बसाईले मलाई काम भनेको सानो-ठूलो हुँदैन भन्ने सिकायो । हरेक कामको सम्मान गर्नुपर्छ। मेहनत गर्नुपर्छ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई विदेशको सपना मात्र देखेर नआउनुहोला भन्नाचाहंछु । जे पनि गर्नसक्छु भन्ने सोंच लिएर मात्र आउनुहोला। छोराछोरीलाई विदेश पठाउनेभन्दा पनि राम्रो शिक्षा दिने सोंच राख्नुस्। सकेसम्म अष्ट्रेलिया नपठाउनुहोला । नेपालमै व्यापार गर्न भन्नुहोला। नेपाल समाचार बाट

२०७८ आश्विन १५, शुक्रबार १२:०१ 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।