
काठमाडौँ । ट्र्याक्टरको ठ’क्क’रबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरले ४५ वर्षीया माया विक लाई ठ’क्क’र दि’एको हो ।
ठ’क्क’रबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफँै अगाडि बढ्न जाँदा विकलाई ठ’क्क’र दिएको थियो ।
गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले निय’न्त्रणमा लिएर अनु’सन्धान थालेको छ ।