
काठमाडौं, १४ असोज । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मा`रेर सफल अ`वत`रण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको ज्या`न जोगा`एको भन्दै सामाजिक सञ्जालमा भा`इ`रल छन् । तर, उनलाई विमान चलाउन रो`क लगाइएको छ ।
वि`मान दु`र्घ`टनाबाट जोगि`एपनि के कति का`रणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ । यसकारण पनि छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन् ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ । त्यसबीच उनले विमान चलाउन पाउने छैनन् ।
११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो । तेल सकेर विमान अवत`रण गर्न खोजिएकोमा अ`चानक पाङ्ग्रा खुलेको थियो ।
यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा सम`स्या आउन थालेपछि सरकारले छानविन बढाएको छ । यसका लागि कमिटी नै ग`ठन गरेर काम बढाएको हो । नेपाल समाचार बाट