२०७९ असार १५
  • काठमाडौँ

मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो : एकको मृ त्यु, दुई पौडिएर बाँच्न सफल

मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्या”न गएको छ भने दुईजना पौडिएर बाँ,च्न सफल भएका छन्।

खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रह”री कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

आज दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले बगाएको र दुईजना पौडिएर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्र’हरीले खोजी गरेका थिए।

आज साँझ बालिकाको शव फेला परेको प्रनानि रिमालले बताए। मृ:त्यु हुने बालिका राक्सिराङ–८ का कृष्णबहादुर थिङकी १२ वर्षीया छोरी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक बालिकाको श”व डेढ किलोमिटर तल भेटिएको थियो।

हाल घटनास्थलमा जिल्ला प्र’हरी कार्यालय मकवानपुरबाट प्र”हरी निरीक्षकसहितको टोली पुगी अनुसन्धान एवं मुचुल्का उठाउने काम गरिरहेको जनाइएको छ।

२०७८ आश्विन १४, बिहीबार ०४:४२ 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार