२०७९ असार १८
  • काठमाडौँ

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा चिनियाँ ड्रोन

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो मात्रामा ड्रोनको प्रयोग गरिरहेको छ ।

यी ड्रोनहरु त्यहाँ भारतीय सेनाका चौकीहरु नजिकै उडिरहेका छन् । आधिकारिक सूत्रले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार चिनियाँ सेनाका डोनको गतिविधि धेरैजसो दौलत बेग ओल्डी सेक्टर, गोगरा हाइट्स र क्षेत्रका अन्य स्थानहरुमा देखिएको छ ।

चीनका यी गतिविधिमा भारतीय सेनाले पनि निगरानी गरिरहेको बताएको छ । भारतीइ सेनाले पनि विभिन्न संसाधनको प्रयोग गरेर चीनका गतिविधिमाथि निगरानी गरिरहेको छ । सूत्रले भारतीय सेना निकै सतर्क भएको बताएको छ । भारतले पनि ठूलो संख्यामा ड्रोन थप गरेको र छिटै इजरायली ड्रोन तयार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

एलएसीको मौजुदा अवस्थाको बारेमा बताउँदै सूत्रले अब फ्रिक्सन प्वाइन्टको विवाद हल गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । सूत्रका अनुसार चीनले अहिले पनि सैनिकको लागि स्थायी संरचनाको निर्माण गरिरहेको छ र अस्थायी संरचनालाई स्थायी रुप दिँदैछ । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा नजिकैका क्षेत्रमा तिब्बती गाउँहरुमा चीनले सैन्य शिविर बनाएको छ ।

चीनले यहाँ यी संरचनाहरु कंक्रिटको बनाइरहेको छ जसले चीन यो षेत्रमा सेनालाई लामो समयसम्म राख्न चाहन्छ भन्ने प्रस्ट पारेको छ । सूत्रका अनुसार गत वर्ष गलवान घाटीमा २ देशका सेनाबीच हिंस्रक झडप भएसँगै चीनले आफ्नो क्षेत्रमा काम सुरु गरेको थियो ।

चीनले यी क्षेत्रमा संरचनाहरु जाडोको मौसममा समेत सबै आवश्यकता पूरा हुनेगरी बनाइरहेको छ । यो क्षेत्र जाडो महिनामा बाक्लो हिउँ पर्ने क्षेत्र हो ।

२०७८ आश्विन १४, बिहीबार ०४:३६ 0 Minutes 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।