२०७९ असार २०
  • काठमाडौँ

महिलाको च’रि’त्र ह’त्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक प’क्रा’उ

काठमाडौ – महिलाको चरित्र ह’त्या हुने र समाजमा घृ¥णा तथा द्वेष फै¥लाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक प’क्रा’उ परेका छन् । एक पी’डित महिलाको उ’जु’रीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

साइबर ब्यूरोका अनुसार प’क्रा’उ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३,

नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् ।

उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको च’रित्र ह’त्या गरेको प्र’हरीले जनाएको छ ।

प्रहरीका अनुसार पी’डित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र ह’त्या हुने सामाग्री प्रसारण गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्र’हरीले जनाएको छ.

उक्त सामग्रीले महिलाको चरित्र ह’त्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृ¥णा वा द्वे¥षभाव पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारोवार ऐ’न, २०६३ अन्तर्गतको क’सु’रमा काठमाडौं जिल्ला अ’दा’लतबाट म्याद थप गरी अ’नु’स’न्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र ह’त्या गरेको, महिलाको इ’ज्जतमा आँच पुर्याएको र पी’डित महिलाप्रति घृ’णा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई प’क्रा’उ गरेको हो ।

२०७८ आश्विन १३, बुधबार १५:२२ 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।