२०७९ असार १५
  • काठमाडौँ

झापा पुगेर ज्ञानेन्द्रले जनतालाई गरे प्रश्न यो लोकतन्त्र हो की लुट तन्त्र हो ?

झापा / एमसीसी बिरोधी अभियन्ता तथा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले जनताको मनमा लागेको कुरा भन्न नपाउने यो कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरेका छन् ? देश द्रोह गर्नेहरुका बिरुद्ध बोल्न नसक्ने हामी जनता कस्तो खालको हौ भन्दै प्रश्न गरेका छन् ।

एमसीसी बिरुद्धको लडाईका क्रममा झापाको शिवनगर आएको स्मरण गर्दै उनले एमाले अध्यक्ष ओलीले फातिमाको अगाडी पास गर्छु भन्न नसक्ने अवस्थामा पुग्नु जनताको जित भएको बताएका छन् ।

प्रचण्डले एमसीसी पास पनि गर्दैनौ अस्विकार पनि गर्दैनौ भन्नु नेपाली जनताको जित भएको दावी गरे । उनले एमसीसी के कारणले राष्ट्रघात गर्छ भन्ने झापाका जनतालाई बुझाएका थिए ।

झापा क्रान्तीको उद्गमस्थल भएको भन्दै एमसीसी बिरुद्धको आन्दोलन झापाबाटै सुरु गरेर निर्णयक हुने बताए । झापाबाट सुरु भएको आन्दोलन देश ब्यापी फैलने र जनताको जित हुने उनको भनाई थियो । आज सम्म झापा मौन बसे पनि अब देशब्यापी हुने दावी गरे ।

नेताहरुले एमसीसी नै अध्यायन नगरेको बताउँदै भिमसेनदास प्रधान,प्रकाश रसाईली,मोहन बानिया लगायतका नेताहरुको नामै तोकेर जनताको अगाडी एमसीसी वाचन गरेर देखाउन नसकेको भन्दै देश जोगाउनेकी नजोगाउने अब जनताको हातमा भएको बताए ।

२०७८ आश्विन १३, बुधबार १३:५५ 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार