२०७९ असार १४
  • काठमाडौँ

२२ र १७ वर्षीया दिदीबहिनीको यस्तो धन्दा ! प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं, असोज १३ – अनाथालयको नाममा सहयोग माग्दै ठ’गी गरेको आरोपमा दुई जना युवतीहरु पक्राउ परेका छन्

जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अवस्थामा पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनी पक्राउ परेका हुन् ।

वैरिया बजारमा रकम संकलन गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको छ ।

वैरिया बजारमा सहयोग संकलन गर्ने क्रममा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि न’क्क’ली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको थि¥यो ।

पक्राउ परेकी पौडेल संस्थामा पूर्व कर्मचारी रहेको र तीन महिनाअघि उनले संस्था छाडेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

२०७८ आश्विन १३, बुधबार ०३:२८ 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार