२०७९ असार १४
  • काठमाडौँ

९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसक्याे : कुलमान घिसिङ

१२ असाेज, काठमाडाैँ । नेपाल विद्युत प्राधिक रणले सडक विभाग, खानेपानी विभागलगायत का निकायका कारण अन्डर ग्राउन्ड केवल बि छ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङ ले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए ।

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पु¥याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताए ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम   मा बोल्दै उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी समेत गरे ।

उनले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको वि   कासमा उल्लेखनीय योगदान पु¥याउन सघाउ पु¥याएको स्मरण गराए ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘अन्डर ग्राउन्ड केवल विछ्या   उने काममा सडक विभाग, खाने पानी विभागलगायतका निकायहरुले समस्या खडा गरिरहेका छन र ती समस्या स  माधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले पहल गरिरहेको छ ।

ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढनेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिव करिव ९५ प्रति शत विद्युतीकरण भईसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ ।

यो सू,चना प्रविधिको विकासका लागि ठूलो इन्फास्ट्रचर हो । कुनै पनि फाईवर तान्नु प¥यो भने त्यही पोल यूज हुन्छ । र फाईबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तरगत आईरहेको छ ।

त्यो नेपाल विद्युत प्राधिकरणको ईन्फास्ट्रचरले धेरै सहयोग गरेको छ ।’प्रबन्ध निर्देशक घिसिङ ले नेपाल विद्युत प्राधिक रणले कन्जुमरहरुबाट बार्षिक ७० अर्व आय¥आर्जन गर्ने जानकारी पनि दिनु भयो ।

२०७८ आश्विन १३, बुधबार ०३:०७ 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार