
काठमाडौ – कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठो’किँ’क्दा नौ जना यात्रु घा’इते भएका हुन् ।
रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस दु’र्घ’ट’नामा परेको हो । बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठो’किँ’क्ए’का थि¥ए ।
दु’र्घ’ट’ना’मा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अव’स्था ग’म्भीर रहेको छ ।
ग’म्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक पनि रहेका छन् ।यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ती मगर र वर्ष २३ का
अर्जुन बुढा मगर अवस्था समेत गम्भीर अवस्थामा रहेका छन् ।उहाँहरुलाई थप उपचारको लागि बुटवल लगिएको कार्कीले बताउनु भयो । सामान्य घाइतेकोको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।