२०७९ असार १८
  • काठमाडौँ

सरकारी ढुकुटी बाट वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने

१२ असाेज, काठमाडाैँ ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिसको सम`स्या देखिएपछि उनी सुमेरु अस्पतालमा उपचार गराईरहेका छन् ।

उपचारपछि स्वास्थ्यमा कुनै सुधार नभएपनि उनलाई माओवादी केन्द्रले थाईल्याण्ड लैजाने तयारी गरेको हो । पुनको स्वास्थ्य अवस्था स्थिर रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ।

दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ । चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रया`स गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’

पुनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्। नेपाल टाइम्स बाट

२०७८ आश्विन १२, मंगलवार ०९:५४ 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।