२०७९ भाद्र १
  • काठमाडौँ

कोरियामा काम गर्दा गर्दै ढलेका नेपाली युवकको मृत्यु

कोरिया – दक्षिण कोरियामा नियमित ड्युटी गरीरहेका एक नेपाली युवकको मृ त्यु भएको छ । निकै लामो समयदेखि कोरिया बस्दै आएका २८ वर्षीय सुजन घलेको मु टु र टा उ को मा स्वास्थ्य स म स्या देखिएपछि उपचारकै क्रममा ज्या न गु मा ए का हुन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर १ कुलुङ घर भएका घले तीन हप्ताअघि काम गरीरहेकै ठाउँमा एक्कासी बे हो स् भएर ढ ले पछि कोरियाको नुनसानस्थित स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृ त्यु भएको सिओलस्थिति नेपाली दूतावासले जानकारी दिएको छ ।

भोजपुर परिवार दक्षिण कोरिया संघ नामक नेपाली सहायता संस्थाका अनुसार उनको मुटु र टाउँकोमा स म स्या देखिएको थियो । सात वर्षअघि कोरिया आएका मृ त क घले भिजाको समय अवधि सकिएपछि केही वर्ष अघिदेखि उनी ‘इ लि ग ल’ रुपमा बस्दै आएका थिए । गै र का नू नी रुपमा बसाईको कारण समयमै चाहेर पनि ठूला सुबिधासम्पन्न अस्पतालमा उपचार गराउन नसकिएको संघका पदाधिकारीहरुको भनाई छ ।

स्वास्थ्यमा ज टि ल ता देखिएपछि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सम्बन्धित अस्पतालको भर्नाका लागि बैधानिक प्रक्रिया हुँदै गर्दा घले मृ त्यु भएको थियो । संघका अनुसार तीन हप्ताको अवधिमा उनको उपचारका लागि साढे तीन करोड ‘वोन’ (कोरियन रुपैया) खर्च भएको छ ।

गै र का नू नी रुपमा बस्दा मजदुरको स्वास्थ्य बीमा नहुने र उपचार महंगो हुने गरेको छ । यता उनको उपचारमा लागेको खर्च अझै दुई करोड ५० लाख ‘वन’ तिर्न बाँकी रहेको संघले जनाएको छ । मृ त क घलेको कम्पनीबाट दुई करोड २५ लाख र बाकीँ रकम २५ लाख वोन मृ त क का तर्फबाट तिर्नुपर्ने बताइएको छ ।

अस्पतालमा तिर्न बाँकी २५ लाख, शव गृह खर्च ११ लाख र हवाईजहाज खर्च ५४ लाख गरी लगभग कुल ९० लाख वोन रकम आवश्यक भएको संघले जनाएको छ । उनको श व नेपाली दूतावाससँग समन्वय गरी सेप्टेम्बर २६ तारिकमा सिंगापुर एयरलाईन्समार्फत नेपाल पठाउने तयारी भएको छ ।

२०७८ आश्विन ११, सोमबार ०२:१८ 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।