२०७९ मंसिर १५
  • काठमाडौँ

बुहारी बनेको ९ वर्षपछि पेट दुखेर अस्पताल जाँदा सपरिवार चकित, चिकित्सकको समेत होस उड्यो !

काठमाडौ । केही घटना यति असामान्य छन् की थाहा पाउँदा जो कोही चकित पर्नुपर्ने हुन्छ ।

एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर बच्चा भएन । एक दिन अस्पताल जाने निर्णय गरे ।

उनलाई टेस्टिक्यूलर क्यान्सर छ भन्ने पत्ता लाग्यो । यति मात्र हैन उनी त महिला हैन पुरुष हुन् भन्ने पत्ता लाग्यो यो देख्दा सपरिवार चकित बने । डाक्टर नै बेहोस भए ।

घटना भारतको पश्चिम बंगालमा बीरभूमको हो । त्यहाँको स्थायी बासिन्दा यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएको पत्ता लाग्यो ।

यो दुनियाँकै दुर्लभ घटना हो । त्यसपछि थाहा भयो कि यी महिलालाई एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम छ जसमा व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुरुषको हुन्छ ।

यी महिला केहि महिना अघि पेट दुख्ने समस्या लिएर नेताजी सुभाष चन्द्र बोस क्यान्सर अस्पताल गएकी थिइन् । उनको उपचार गर्ने डाक्टरले उनलाई कस्तो रोग लागेको छ भनेर बुझ्न सकेनन् ।

क्यान्सर अस्पतालमा कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट डाक्टर सौमेन दासले उनको उपचार गरिरहेका थिए ।

डाक्टर अनुपम दत्ता भन्छिन्, ‘महिला अत्यधिक पेट दुख्ने समस्या लिएर अस्पताल आएकी थिइन् । जब उनको परीक्षण गरियो तब उनको पाठेघर (गर्भाशय) र ओभरी नै नभएको थाहा भयो र पेटमा एउटा ट्युमरजस्तो देखियो ।

जब हामीले उनको बायोप्सी निकाल्यौं तब थाहा भयो कि उनलाई सेनिनोमा छ जुन पुरुषमा हुने टेस्टिक्यूलर क्यान्सर हो ।’ टेस्टिक्यूलर क्यान्सर अ’ण्डको’षमा हुन्छ जुन पुरुषको मुख्य प्र’जनन अ’ङ्ग हो ।

यो पुरुषमा मात्र हुने क्यान्सर हो । तर यी महिलाको पेटमा नै यो अ’ङ्ग पाइयो जसले अब ट्युमरको रुप लिइसकेको थियो । यस्तो किन भयो, यसबारे पत्ता लगाउनका लागि महिलाको जीनको परीक्षण गरियो ।

क्यान्सर अस्पतालमा कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट डाक्टर सौमेन दासले उनको उपचार गरिरहेका थिए ।

डाक्टर अनुपम भन्छन्, ‘हामीले उनको जीन परीक्षण गर्यौं जसमा क्रोमोसोमको विश्लेषण गरियो । यसमा पत्ता लाग्यो कि त्यसमा ४६ एक्सवाई क्रोमोसोम छ जुन पुरुषमा हुन्छ । महिलामा ४६ एक्सएक्स क्रोमोसोम र पुरुषमा एक्सवाई क्रोमोसोम पाइन्छ ।’

‘यसमार्फत् हामीलाई थाहा भयो कि महिला एक दुर्लभ रोग एन्ड्रोसन इन्सेन्सिटिभिटी सिन्ड्रोमबाट ग्रस्त छिन् । यद्यपि, उनी सामान्य जीवन बाँचिरहेकी छिन् र यो सिन्ड्रोमका कारण उनको वैवाहिक जीवनमा पनि कुनै असर परेको छैन ।’ डाक्टर अनुपमका अनुसार यो रोग लाग्दा अन्य कुनै समस्या हुँदैन । तर महिला कहिलै आमा भने बन्न सक्दिनन् ।

उनको शरीरमा पाठेघर नै हुँदैन । यसै कारण यी महिला कहिले पनि महि’नावारी भइनन् । महिलाले महि’नावारी नभएकोमा उपचार पनि गराएकी थिइन् तर डाक्टरले पाठेघर नभएको कारण पत्ता लगाउन कोसिस गरेनन् । कोही महिलामा जन्मजात नै यो अ’ङ्ग नहुने भएकोले पनि यसको कारण नखोजिएको हुनसक्छ ।

२०७८ आश्विन १०, आईतवार ०२:४२ 0 Minutes 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।