२०७९ असार १८
  • काठमाडौँ

शरीरमा १९ वर्षदेखि ब’मको छ’र्रा तर गरीबलाई माओवादीले पनि हेरेनन्

काठमाडौ – दैलेखको नौमुले गाउँपालिका–३ जैशी डाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् तर उनले भोगेको पी’डा सुन्दा जोकसैको आङै सि’रिङ हुन्छ ।

२०५९ साउन २१ गते सुना र उनका श्रीमान् भैंसीलाई घाँस काट्न मकै बारीमा गएका थिए । नौमुले तत्कालीन माओवादीको हेडक्वाटर मानिन्थ्यो, उनीहरूको उपस्थिति बाक्लो थियो । माओवादीले जैशीडाँडामा कार्यक्रम गर्दै थिए ।

तत्कालीन शाही नेपाली सेनाको हेलिकप्टर पुग्यो र आकाशबाट अन्धाधु’न्धा ब’म ख’साल्न थाल्यो । घाँस काट्दै गरेका सुनाका दम्पती ब’म लागेर घा’इते भए । मकै बारीमै ढ’ले । माओवादीले तत्कालै उनीहरूको प्राथमिक उपचार गरे तर सञ्चो भएन ।

गाउँमा केही ऋ’ण खोजेर थप उपचारको लागि सुनाका श्रीमान् र आफन्तले सुनालाई दैलेख सदरमुकाम हुँदै नेपालगञ्ज पुर्‍याए तर उनको उपचार हुन सकेन । कारण थियो सुना ७ महिने ग’र्भवती थिइन् ।

सामान्य औषधि उपचारपछि सुना घा’इते शरीर लिएर गाउँ फर्किइन् । गाउँमै छोरी जन्माइन्। अहिले छोरी लालसरा सुनार १८ वर्षकी भइन्। सुना भने घा’इते शरीरले बालबच्चाको हेरचाह गरिहेकी छन्।

अझै पनि उनको शरीरमा रहेको ब’मको छ’र्रा निकालिएको छैन । घरको आर्थिक अवस्था कमजोर भएकाले पी’डा खेप्नु बाहेक अर्को विकल्प नरहेको पी’डित परिवारको दुखेसो छ । ‘हामी गरबि भयौं हामीलाई कसैले हेरेन ।

उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन,’ उनी भन्छिन् ‘१८ वर्ष देखि शरीरमा घा’उ पा’लेर बसेकी छु ।’ गरीबका लागि सरकार सँग ल’डेको माओवादीले समेत बेवास्ता गरेको उनको गुना’सो छ । ‘

हामी तिमीहरूकै लागि ल’डेका हौं भन्दै आउने माओ वादीले त हामीलाई बिर्सिए अरुको केको भर ?’ उनले भनिन् । यसो भनिरहँदा सुनाका आँखामा आँ’सु छचल्किएका थिए । आँ’सु पुछ्दै भनिन्, ‘छोरीको सम’स्या पनि उस्तै छ, औषधि खानुपर्छ पैसा छैन ।’

ब’मको छ’र्राका कारण अहिले लालसरा सुनार समेत बिरामी छन् । जन्मेको लामो समयसम्म उनी उभिन सकिनन् । रिं’गटा लाग्छ। श्वासप्रश्वासमा सम’स्या छ । श्वास फेर्न गा’ह्रो हुन्छ तर लालसरा बाँ’च्न चाहन्छिन्,

‘बुढो बा र घा’इते आमाको बिसन्चो शरीरको साथमा बसेर जेनतन भाइबहिनी पालेको छु ।’ छोरी लालसराले भनिन्, ‘मेरो र आमाको उपचार कसैले गरिदिए भाइबहिनीलाई पढाएर जागिर खुवाउने थिएँ ।’

अहिलेसम्म सुनाले कतैबाट पनि राहत रकम पाएकी छैनन्। उनलाई न शान्ति समितिले राहत दियो, न कुनै एनजीओ, आईएनजीओले। घा’इते शरीरको पी’डा सहँदै आफूले बालबच्चाका लागि बाध्यतावश काम गर्नुपरेको सुनाइन्। ‘काम नगरी सुखै छैन । दिउँसो काम गरेसी राति सुत्न सक्दिनँ,’ उनले भनिन् । राजधानी दैनिक बाट

२०७८ आश्विन १०, आईतवार ००:४४ 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।