२०७९ भाद्र १
  • काठमाडौँ

जनतालाई सस्तोमा बिजुली दिन कुलमानले राखे यस्तो प्रस्ताव हेर्नु-होस्।

कुलमानको प्रस्ताव : जनतालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि भए पनि विद्युत् खरिद सम्झौता पीपीएमा पनि प्रतिस्पर्धा गरौँ ।

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले भएको छलफलमा घिसिङले विद्युत् खरिद सम्झौता (पीपीए) मा पनि प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन् ।

घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । हाल पीपीएमा प्रतिस्पर्धा हुँदैन । पीपीएमा प्रतिस्पर्धा हुने व्यवस्था प्रस्तावित विधेयकमा पनि छैन ।

विद्युत् उत्पादकले लाइसेन्स लिने क्रममा प्रतिपर्धा हुन्छ तर पीपीएमा ‘फिक्स्ड प्राइस’ हुने व्यवस्था छ ।

पीपीएमा प्रतिस्पर्धा नहुँदा सस्तोमा उत्पादन भएको विद्युत् पनि महँगोमा खरिद गर्नुपरेको र राम्रा परियोजना अगाडि बढाउन नसकिएको भन्दै घिसिङले पीपीएमा प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । न्युज२४ बाट

२०७८ आश्विन ९, शनिबार १४:४५ 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।