२०७९ असार १५
  • काठमाडौँ

भवन उद्घाटन गर्न हेलिकोप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाहीलाई ४० किलोको मालाले स्वागत

जाजरकोटको जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ !

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाई समेत सोही तौलको माला लगाएको छ ।

लाखौं रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् । उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरेका छन् ।

२०७८ आश्विन ९, शनिबार १४:३६ 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार