२०७९ असार १८
  • काठमाडौँ

भाग्यले बाचेका सुबेदी भन्छन- एक्कासी ड्याम्म आवाज आयाे, त्यसपछि हाेसमा आउदा रुखमा अड्केकाे थिए !

पाेखरा । विहिबार राति मुग्लिङ नजिकै विभत्स कार दु’र्घटनामा परेर पनि सामान्य घाइते भएका पाेखराका व्यवसायी रुद्रनाथ सुवेदी अस्पतालबाट डिस्चार्ज भएका छन् । साेही कारमा रहेका ३ जना र कार अझै त्रिशुली नदीमा बे’पत्ता छन् ।

सुवेदीलाई विहिबार राति नै उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे । चितवन प्रहरीका अनुसार उनलाई आजै दु’र्घटनास्थलमा लगेर प्रहरीले पाेखरा पठाएकाे छ । सामान्य अवस्थामा रहेका सुवेदीलाई पाेखरा ल्याइदैछ ।सुवेदीले प्रहरीलाई दिएकाे जानकारी अनुसार गाडी प्रेम भुजेलले नै चलाएका थिए ।

दु’र्घटनापछि सुवेदी रुखमा अड्केका थिए । श्राेतका अनुसार सुवेदीले प्रहरी समक्ष भनेका छन्– एक्कासी ड्याम्म आवाज आयाे, त्यसपछि हाेसमा आउदा रुखमा अड्केके थिए । सुवेदी राष्ट्रिय बाणिज्य संघ कास्की वार्ड न. १७ का अध्यक्ष हुन् ।बिहीबार राति पाैने १२ बजे चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा ख’सेको हो ।

साे कार च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्षा एवं सामाजिक व्यक्तित्व प्रेम भुजेलले चलाएका थिए । अघिल्लाे सिटमा बसेका सुवेदी कारबाट बाहिर उ’छिट्टिए भने प्रेमसहित पाेखरा १७ का लेखबहादुर भुजेल र इश्वरी भुजेल वेपत्ता छन् ।दु’र्घटना भएलगत्तै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उ’द्दारमा खटिएका थिए ।

उद्दारमा खटिएका प्रहरी निरीक्षकले दिएकाे जानकारी घ’टनास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टुक्रा टुक्रा फेला परेका छन् भने गाडीकाे मुख्य बाेडी त्रिशुली नदीमा डु’बेका छ ।वर्षायामकाकारण नदी बढेकाले पनि खाेजी कार्यमा क’ठिनाई आएकाे छ ।

च्याम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले प्रहरीलाई उध्दृत गर्दै दिएकाे जानकारी अनुसार पृथ्विराज मार्गकाे सबै भन्दा कठिन स्थलमा दु’र्घटना भएकाले उद्दारमा क’ठिनाई भैरहेकाे छ ।पानी ध’मिलाे भएकाेकारणले गाे’ताखाेरलाई पनि खाेज्न कठिन भएकाे छ ।

अब हुक प्रयाेग गरेर गाडीकाे बाेडी खाेज्ने तयारी छ भने राफ्टिङ र कायकहरुकाे पनि प्रयाेग गरेर खाेजी कार्य गर्ने तयारी गरेकाे पनि सुरक्षाकर्मीले बताएका छन् ।अहिले खाेजी कार्यमा सुरक्षाकर्मीका अलावा स्थानीय पनि जुटेका छन् भने पाेखराबाट पनि ठुलै संख्यामा मानिसहरु दु’र्घटनास्थलतर्फ गएका छन् । बेपत्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खाेजीमा जुटेका छन् ।

२०७८ आश्विन ९, शनिबार ०१:३२ 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।