२०७९ श्रावण ३१
  • काठमाडौँ

त्रिशुली नदीमा कार खस्याे, ३ जना वेपत्ता

८ असाेज, चितवन ।

काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दिखोलामा गएराति १२:३० बजे दु`र्घ`ट`ना हुँदा तीनजना बे`प`त्ता भएका छन् भने एक जनाको घा`इते अवस्थामा उ`द्धा`र गरिएको छ ।

कार त्रिशुली नदीमा खसेर दु`र्घ`टनाग्र`स्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

घ`ट`नामा उ`द्धा`र गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌।

दु´र्घ´टनामा बे`पत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल टाइम्स बाट

२०७८ आश्विन ८, शुक्रबार ०२:२३ 0 Minutes 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।