२०७९ भाद्र १
  • काठमाडौँ

काठमाडौंबाट घर फर्किएकी युवतीको शव यस्तो अवस्थामा फेला ! २१ वर्षीय युवक पक्राउ

काठमाडौं, ७ असोज । काठमाडौंबाट घर फर्किदै गरेकी एक युवतीको दैलेखमा हत्या गरेर खोलामा फालिएको अवस्थामा शव भेटिएको छ ।

भदौ १५ गते काठमाडौंबाट तीज मान्न भन्दै घर फर्किएकी नारायण नगरपालिका–१० भवानीकी करिव २० वर्षीय अस्मिताकुमारी बोगटीको दैलेखको गुराँस गाउँपालिका–५ स्थित भैरीखोलामा शव फेला भेटिएको हो ।

हत्या भएको १२ दिनपछि मात्रै उनको शव पहिचान भएको थियो । भदौ २७ गते उनकी आमाले छोरी तीज मान्न आउँदै गर्दा बाटैबाट हराएको बताएकी थिइन् । शव पहिचान नभएपछि प्रहरीले सनाखतका लागि फोटोसहित हुलिया परिपत्र गरेको थियो ।

त्यसपछि पनि सनाखत हुन नसक्दा प्रहरीले कानुन बमोजिम दाहसंस्कार गरिसकेको थियो । आमा शान्ति बोगटीले मृतकको फोटो हेरी आफ्नो छोरी अस्मिता भएको र उनी विगत ४ वर्षदेखि काठमाडौंमा बस्दै आएको बताएकी थिइन् ।

प्रहरीले हत्याको अभियोगमा गुराँस गाउँपालिका ५ भैरीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरेको छ। उनीहरुबीच पहिले राम्रो सम्बन्ध रहेको खुलेको छ । अहिले खटपट भएका कारण हत्या गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकलाई ८ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

२०७८ आश्विन ८, शुक्रबार ०१:१५ 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।