
काठमाडौ / दुबई घुम्ने र फर्किँदा सुन लिएर आउने भनेर हिँडेका एक पुरुषलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्रा’उ गरेको छ ।
गोरखाको गोरखा नगरपालिका–२ घर भएका ४२ वर्षीय सीताराम विकलाई १३ हजार अमेरिकी डलरसहित प’क्राउ गरिएको विमानस्थल सुर’क्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
नेपाली रुपैयाँ करिब १५ लाख ३५ हजार बराबरको अमेरिकी डलर बोकेर पर्यटक भिसामा उनी एक साताका लागि दुबई हिँडेका थिए । एक सातापछि फर्किँदा सुनका बाला लिएर आउने गरी सीताराम दुबई जान लागेको प्रहरीको अ’नु’स’न्धानबाट थाहा भएको छ ।
विदेश जाँदा १५ सयभन्दा बढी डलर लैजान पाइँदैन । तर, सुन त’स्क’री गर्नेहरुले नेपालबाट भरियालाई लैजाने र सुन बोकाएर पठाउने गर्छन् । सुनको काम गर्नेहरुले सीताराम जस्ता व्यक्तिहरुको समूह बनाएर त’स्क’री चलाउने गरेको अ’नु’सन्धानमा सं’लग्न एक प्रहरी अधिकृतले बताए ।
दुबईमा एक साता घुम्ने र आउने जाने खर्च सुनको काम गर्नेहरुले गरिदिने हुँदा सीतारामजस्ता व्यक्तिहरु लोभिने गरेका छन् । खाडी मुलुक घुमेर फर्किने लोभमा जानेहरू धेरैलाई कुन देश जाने र कहिले फर्किने भन्ने पनि थाहा नहुने गरेको पाइएको छ ।
विमानस्थलमा कार्यरत एकजना प्रहरी अधिकृतले भने– ‘समूहको ना’इकेले जे भन्यो त्यहि गर्नेहरु धेरै भेटिएका छन्, उनीहरु अ’धि’कांश सुनका बाला बोक्ने भरियाका रुपमा प्रयोग हुने गरेको पाइन्छ ।’