२०७९ असार १८
  • काठमाडौँ

विज्ञानमा स्नातकोत्तर उत्तीर्णपछि गरिरहिन् सफाइकर्मीको काम, मन्त्रीले देखेपछि वैज्ञानिक

काठमाडौं : मान्छे मेहनतबाट आफ्नो लक्ष्यमा पुग्नसक्छ तर कतिपय अवस्थामा लक्ष्यमा पुग्न केही ढिला भने हुनसक्छ ।

भारतको हैदरा बादकी रजनीले विज्ञान विषयमा स्नातकोत्तर तह अर्थात् एमएस्सी उत्तीर्ण गरेपछि सफाइकर्मीको काम गर्नु पर्‍यो । उनले आफ्नो पढाइसँग सम्बन्धित कुनै रोजगारी नपाएपछि सफाइकर्मी बन्नुपरेको थियो ।

विवाह भएर २ बच्चा भइसकेकी रजनीले घर खर्च चलाउन काम नगरी नहुने अवस्था थियो । तसर्थ उनी सफाइकर्मीको काम गर्न पनि बाध्य थिइन् । तर जब रजनीको मेहनत र कामलाई तेलंगानाका नगर

प्रशासन मन्त्री केटी रामा रावले देखे, तब उनलाई उचित रोजगारी दिइएको छ । रजनीलाई ग्रेटर हैदराबाद नगर निगम (जीएचएमसी) मा सहायक किट वैज्ञानिकको जागिर दिइएको छ ।

रजनीलाई मन्त्रीको पहुँचसम्म पुर्‍याउने मुख्यसचिव अरविन्द कुमारले रोजगारीबारे ट्विटरमा लेखेका छन् । रजनीको जन्म एक किसान परिवारमा भएको थियो ।

उनी लगातार मेहनत गर्दै वैज्ञानिकको जिम्मेवारीसम्म पुगेकी छन् । भारतको हैदरा बादकी रजनीले विज्ञान विषयमा स्नातकोत्तर तह अर्थात् एमएस्सी उत्तीर्ण गरेर आफ्नो पढाइसँग सम्बन्धित कुनै रोजगारी नपाएपछि सफाइकर्मी बन्नुपरेको थियो ।

२०७८ आश्विन ७, बिहीबार ०१:१४ 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।